बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

File Photo
File Photo

बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ।

आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो।

प्रकाशित मिति: : 2023-09-15 10:40:00

प्रतिकृया दिनुहोस्