दाङमा एक २८ वर्षीय युवकले बुवाको हत्या गरेका छन्।
घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय प्रेम बहादुर केसीको हत्या गरेका हुन्।
सन्तोषले बुवालाई लात्ती, मुक्का प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डिएसपी) जनक बहादुर मल्लले बताए।
उनलाई अहिले प्रहरीले पक्राउ गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।