आन्दोलनरत मेडिकल शिक्षा व्यवसायीको माइतीघरमा दर

सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै मेडिकल तथा प्राविधिक व्यवसायीहरुले माइतीघर मण्डलामा तीजको अवसरमा नाँच गान गरि दर खाएर विरोध प्रदर्शन गरेका छन्। 

३५ दिनदेखि माइतीघर मण्डलामा धर्नामा रहेका उनीहरूले तिजको अवसरमा नाचगान गरी विरोध प्रदर्शन गरेका हुन्।
 
सरकारले आन्दोलनको ३५ दिनसम्म पनि आफ्ना मागहरु नसुनेको बताउदैँ सडकमै दर खान बाध्य भएको सङघर्ष समितिका संयोजक समितिका संयोजक निर्मल सापकोटाले  गुनासो गरेका छन्। 

‘सरकारले ल्याएको चिकित्सा शिक्षा ऐनले देशका १२८ शिक्षण संस्था बन्द हुँदा समेत सरोकारवालाहरुले ध्यान दिएको छैन। त्यसैले हामीले आज सडकमै दर कार्यक्रम मनाएर विरोध जनाएका हौँ।’ उनले भने। 

प्रकाशित मिति: : 2023-09-15 16:17:00

प्रतिकृया दिनुहोस्