सरकारले भदाै २७ गते संसद सचिवालयमा दर्ता गरेकाे 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसाेधन तथा एकीकरण गर्न बनेकाे विधेयक' प्रति असन्तुष्टि जनाउँदै जुम्लाकाे रत्नचुडेश्वर माविका शिक्षकहरुले विद्यालयभित्रै विधेयककाे मस्यौदा जलाएका छन्।
शिक्षकहरुकाे छाता संगठन नेपाल शिक्षक महासंघले पेशागत हकहितकाे निम्ति भन्दै आन्दोलनको आह्वान गरेपछि देशभरका शिक्षकहरु आन्दोलित भएका हुन्।
यसैबीच रत्नचुडेश्वर माविका शिक्षकहरुले पेशागत हकहितलाई उपेक्षा गर्नेगरी दर्ता भएकाे विधेयक संसाेधन हुनुपर्ने माग राख्दै विधेयककाे सम्याैदा जलाएकाे नेपाल शिक्षक महासंघ चन्दननाथ नगरपालिकाकाका अध्यक्ष कृष्ण बहादुर राेकायाले बताए।