प्रधानमन्त्री प्रचण्डद्वारा अमेरिकाका गैरआवासीय नेपालीलाई सम्बोधन

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै नेपालले गैरआवासीय नेपालीहरूबाट ठूलो योगदानको अपेक्षा गरेको बताएका छन्।

नेपालको विकास र नवप्रवर्तनको प्रवर्द्धनमा गैरआवासीय नेपालीलाई सहकार्यका लागि आग्रह गर्दै उनले छिट्टै नै गैरआवासीय नेपाली नागरिकता वितरण हुने जानकारी पनि दिए।

कार्यक्रम न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको थियो। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन आएको नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री प्रचण्ड र उनको टोलीको स्वागतका लागि कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा न्युयोर्क आसपासका अगुवा गैरआवासीय नेपालीहरूलाई पनि निम्ता दिएर नेपालमा लगानी तथा नवप्रवर्तनको प्रवर्द्धनमा गैरआवासीय नेपालीको  सहभागिताका विविध पक्षमा विचार मन्थन गरिएको थियो।

समारोहमा परराष्ट्रमन्त्री एनपी साउदलगायतका प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति थियो।

प्रकाशित मिति: : 2023-09-21 07:16:00

प्रतिकृया दिनुहोस्