थकित शिक्षकहरू फर्किए माइतीघर, शान्तिपूर्ण धर्ना दिने

आन्दोलनरत शिक्षकहरूले माइतीघरमा बसेर शान्तिपूर्ण धर्ना दिने भएका छन्।

प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आज तेस्राे दिन नाराबाजी गर्दै नयाँ बानेश्वर आएका शिक्षकहरूले माइतीघर फर्किएका छन्।

उनीहरूले माइतीघरमै बसेर अनुशासित भइ आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउने बताएका छन्।

वार्ताकाे वातावरण निर्माण गर्ने कार्य भइरहेकाे र केही समयपछि वार्ता हुने भएकाले आफ्ना नेतृत्वहरूलाई बलियाे बनाउन अनुशासित भएर आन्दोलन गर्नुपर्ने एक शिक्षकले बताए।

उनीहरूले याे वार्ताबाट निकास आएन भने आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र थप शिक्षकहरूलाई काठमाडाैँमा उतार्ने चेतावनी दिए।

प्रकाशित मिति: : 2023-09-22 12:13:00

प्रतिकृया दिनुहोस्