अमेरिकामा लुके १ हजार ६ सय १ नेपाली

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

अमेरिकामा लुक्ने नेपालीहरूको संख्या गतवर्ष १ हजार ६ सय १ रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको यो संख्या पर्यटक भिसामा अमेरिका आएर ओभरस्टे गरेको तर यसबीचमा अन्य कुनै स्टाटस परिवर्तन नगरेर अमेरिकामै लुकेका नेपालीको संख्या हो।

तर, दुई सय आठ नेपाली भने केही समय ओभर स्टे भएर पनि अमेरिकामा लामो समयसम्म लुकेर बसेनन्, नेपाल फर्किए।  

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा १४ हजार ६ सय ९९ जना नेपाली पर्यटक भिसामा अमेरिका आएका थिए। उनीहरूमध्ये अमेरिका लुक्नेको संख्या १०.८९ प्रतिशत मात्र हो। 

अमेरिकामा सन् २०२२ मा एकहजार छसय एक नेपाली लुकेका छन्।यो संख्या पर्यटक भिसामा अमेरिका आएका १४ हजार ६ सय ९९ नेपालीको १०.८९ प्रतिशत हो। सन् २०११ को तुलनामा प्रतिशतमा दोब्बरभन्दा बढी नेपाली अमेरिकामा लुकेका छन् । ०२१ मा १४६ मात्र लुकेको संख्याको हिसाब गर्ने हो भने त यो लगभग ११ गुणा बढी हो ।   

यो संख्या गत वर्षको भन्दा झण्डै ११ गुणा बढी हो। प्रतिशतमै निकाल्दा दोब्बरभन्दा बढी हो । सन् २०२१ मा तीनहजार पाँचसय ७ नेपाली पर्यटक भिसामा अमेरिका आएकोमा एकसय ४६ जना मात्रै लुकेका थिए । सन् २०२१ मा कोभिडका कारण अमेरिका लगभग लकडाउन थियो।  

केही समययता नेपाली समाजमा सामान्यत: अमेरिका आएको नेपाली फर्कदैन भन्ने खालको भाष्य निर्माण गरिएको छ। तर, यथार्थमा त्यस्तो नभएको अमेरिकी सरकारको यो आधिकारिक तथ्यांकले पुष्टी गरेको छ। 

नेपालमा कोही किन बसोस् भनेर एनजीओका खेतालाले लगातार एजेण्डा सेटिङ गरिरहेको यो अवस्थामा पनि डलर फल्ने ठानिएको अमेरिका आएका लगभग ९० प्रतिशत नेपाली नेपाल फर्कनुले नेपालमा अझै पनि अथाह  सम्भावना रहेको प्रमाण दिन्छ।

प्रकाशित मिति: : 2023-09-28 04:07:00

प्रतिकृया दिनुहोस्