कालोपट्टी बाँधेर सडकमा उत्रिए शिक्षकहरू 

असोज ३ गतेदेखि काठमाडौँमा सडक आन्दोलनमा उत्रिएका शिक्षकले आज बिहीबार कालोपट्टी बाँधेर विरोध गरेका छन्।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलन थालेका राहतका शिक्षकहरूले आज भने हात र टाउकोमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन्।

राहत, बालविकास तथा पेन्सन पीडितलगायत शिक्षकहरु सडकमा छन्।

उनीहरुले सोमबार सडकमा सुतेर विरोध गरेका थिए भने मंगलबार सिट्टी बजाएर सडकमा उत्रिएका थिए।

हिजो बुधबारदेखि शिक्षकको आन्दोलन थप उग्र बन्दै गएको छ। प्रहरीसँगको झडपमा हिजो ७ जना शिक्षक घाइते भए।

आज पनि शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा विरोध प्रदर्शन गरिरहेका छन्। 

सरकारले संसदमा दर्ता गरेकाे विद्यालय शिक्षा विधेयकका विरुद्धमा शिक्षकहरु आन्दोलित बनेका हुन्। आन्दोलित शिक्षकहरुसँग सरकारले कुनै छलफल गरेको छैन।

प्रकाशित मिति: : 2023-09-28 14:00:00

प्रतिकृया दिनुहोस्