के पढ्ने, किन पढ्ने ?

अनलाइनखबर

सरुभक्त

पढ्नु महत्वपूर्ण, के पढ्ने महत्वपूर्ण होइन । जानेर पढ्नु महत्वपूर्ण होइन, नजाने पढ्नु महत्वपूर्ण कुरा हो । धेरै पढ्नु महत्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्नसक्नु महत्वपूर्ण कुरा हो ।

पढेको कुरा सम्झिबस्नु महत्वपूर्ण कुरा होइन, त्यसलाई अन्तर्यमा विश्लेषण गर्नु महत्वपूर्ण कुरा हो । पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताब भन्दा पहिले चेतन-अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।

प्रकाशित मिति: : 2023-10-14 17:17:00

प्रतिकृया दिनुहोस्