कस्तो छ कास्कीमा चाडपर्व लक्षित सुरक्षा योजना?

जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वमा हुन सक्ने आपराधिक घटना तथा सवारी दुर्घटना राेकथामकाे लागि विशेष सुरक्षा योजना बनाएको छ। प्रहरीले दसैँ, तिहार, छठलगायत चाडपर्वमा हुन सक्ने घटना रोकथामको लागि विशेष सुरक्षा योजना बनाएको हो।

विगतका वर्षहरुमा भए गरेका घटनाहरुको विश्लेषण एवम् समीक्षा गरी ‘चाडपर्व विशेष सुरक्षा योजना– २०८०’ बनाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

चोरी हुन नदिने, भिआइपीहरुको आवगमनलाई सहज र प्रभावकारी बनाउने, बैंक तथा वित्तिय संस्थाहरु र सुन चाँदी पसलकाे सुरक्षा व्यवस्था बजबुत बनाउने, जुवा–तासलगायत गतिविधि नियन्त्रण गर्ने, मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउने, चन्दा संकलनजस्ता गतिविधिहरु हुन नदिनेलगायत गतिविधि रोकथाम गर्ने लक्ष्यसहित सुरक्षा योजना बनाइएको एसपी थापाको भनाइ छ।

यस्तो छ, कास्की प्रहरीको सुरक्षा योजना :

प्रकाशित मिति: : 2023-10-15 20:26:00

प्रतिकृया दिनुहोस्