‘मैले सहयोग गर्न सकिनँ’

अनलाइनखबर

काठमाडौं

धनबहादुर चौधरी अहिले सपनामा रगतको नदी देख्छन् । १४ दिनअघि उनी नेपाल फर्किएका छन्, तर इजरायलमा उनले देखेका दृश्यहरुले धनबहादुरलाई छाडेका छैनन् । सपनामा देखिने रगताम्ये दृश्यहरुले उनलाई कयौं दिनदेखि निदाउन दिएका छैनन् ।

चौधरी, २५, नेपालबाट इजरायल गएका ४९ विद्यार्थीमध्ये एक हुन्, जो इजरायल–गाजा सीमा क्षेत्र किबुज अलुमिममा थिए । ७ अक्टुबर २०२३ मा इजरायलको सीमा क्षेत्रमा हमासका लडाकुले उनीसहित १७ नेपाली बसेको बंकरमा आक्रमण गरेका थिए ।

प्रकाशित मिति: : 2023-10-26 10:06:00

प्रतिकृया दिनुहोस्