वातावरण संरक्षणमा प्रधान न्यायालयको फैसला : बम पड्काएर माछा मार्नेलाई जनही ६ महिना कैद

रातोपाटी

काठमाडौं

नेपालमा विक्रम सम्वत् २००८ मा प्रधान न्यायालय ऐन आई २००९ सालबाट प्रधान न्यायालय सुरु भएपछि भएका फैसलाको सँगालो यतिबेला सर्वोच्च अदालतले प्रकाशनको तयारी गरेको छ । सर्वोच्च अदालतले तत्कालीन प्रधान न्यायालयदेखि सर्वोच्च अदालत बनेपछि भएका कतिपय फैसलाको सँगालो प्रकाशन गर्ने तयारी गरिरहँदा २००९ सालमै वातावरण संरक्षणका सम्बन्धमा भएको एक ऐतिहासिक फैसला फेला परेको छ । 

तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको एकल इजलासबाट भएको फैसलामा बुटवलको तिनाउ खोलामा बम हानेर माछा मारेको कसुरमा ४ जनालाई जनही ६ महिना कैदको सजाय तोकिएको थियो ।

प्रकाशित मिति: : 2023-10-26 10:12:00

प्रतिकृया दिनुहोस्