उद्योगीको पहिलो रोजाइ ‘भैरहवा-परासी’ औद्योगिक कोरिडोर

उकेरा

विकाश पराजुली

केडिया अर्गनाइजेसन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले गत असोज १० गतेदेखि उत्पादनमा वृद्धि गर्ने गरि थप लगानी भित्र्यायो।

उद्योगीहरूका लागि निकै नै आकर्षणको क्षेत्र मानिएको भैरहवा-परासी सडक खण्डको रोहिणी गाउँपालिका-४ छिपागढमा रहेको यस उद्योगले विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा बनाउने गर्छ।

नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फिट सिसा उत्पादन गर्ने क्षमता रहेको यस उद्योगले लगानी थप भित्र्याउनुको उद्देश्य त्यसक्षेत्रमा औद्योगिक वातावरण हुनु नै हो।

अर्गनाइजेसनका प्रबन्ध निर्देशक उत्सव केडियाका अनुसार उद्योगीहरूका लागि जग्गाको सहज उपलब्धता, विद्युत र भारतसँग नजिक नाका भएकाले पनि सो क्षेत्र उद्योगीका लागि आकर्षित क्षेत्र बन्न पुगेको हो।

प्रकाशित मिति: : 2023-11-05 11:03:00

प्रतिकृया दिनुहोस्