‘उपमेयरको सम्मेलनमा भाग लिन बेलुकी सदरमुकाम गएकी थिइन्, भूकम्पमा मारिइन्’

अनलाइनखबर

गौरव पोखरेल, चन्द्रबहादुर आले

जाजरकोट सदरमुकाम खलङ्गामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘वर्ल्ड भिजन’ले दुईदिने ‘न्यायका निम्ति पहुँच’ कार्यक्रम आयोजना गर्दै थियो ।

जिल्लाभरिका न्यायिक समितिका प्रमुखहरुलाई बोलाएर राखेको कार्यक्रममा सहभागी हुन नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह गएको शुक्रबार (१७ कात्तिक) मै सदरमुकामतिर गएकी थिइन् ।

‘दाँतको उपचार गराउनुपर्ने छ, भोलि कार्यक्रम पनि छ । त्यसैले चाँडै जान्छु भन्नुभएको थियो’, नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउत सम्झन्छन्, ‘शुक्रबार अपराह्न ३ बजेसम्म म उपमेयरज्यूसँगै थिएँ, ४ बजेतिर उहाँ दल्लीबाट हिँड्नु भएको हो ।’

दल्लीमा नगरपालिकाको कार्यालय छ । ‘करिब एक घन्टामा सदरमुकाम पुगिन्छ, उहाँ ५ बजेतिर पुग्नुभयो होला’, उनले भने ।

प्रकाशित मिति: : 2023-11-09 14:48:00

प्रतिकृया दिनुहोस्