सरकारविरुद्ध नारा लगाउँदै तीनकुनेमा युवा संघ (तस्बिरहरू)

नेकपा एमालेनिकट युवा संघले तीनकुनेमा प्रदर्शन सुरू गरेकाे छ।

भक्तपुरबाट र्‍यालीसहित आएका युवा संघका नेता कार्यकर्ताहरूले तीनकुने पुगेर प्रदर्शन सुरू गरेका हुन्।

युवा संघकाे आन्दोलन कार्यक्रमको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा क्षेत्र तोकिदिएको छ।

युवा संघका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी हुने क्रम जारी छ।

उनीहरूले सरकारविरुद्ध नारा लगाइरहेका छन्। अर्थतन्त्र, शान्ति सुरक्षा, भ्रष्टाचार, अपराधलगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरिरहेका छन्।

आन्दाेलनकाे क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई राेक्न ठुला संख्यामा प्रहरी परिचालन गरिएकाे छ।

प्रकाशित मिति: : 2023-11-23 12:43:00

प्रतिकृया दिनुहोस्