ललितपुरमा १४ सय स्मार्ट लाइट जडान

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिका क्षेत्रभित्र थप १४ सय स्मार्ट लाइट जडान गरिएको छ। स्मार्ट सिटी अवधारणा अनुरुप भैसेपाटी सडकखण्ड पश्चिम र खोकना पूर्वमा हरिसिद्धिसम्म स्मार्ट लाइट जडान गरिएको हो। 

यो दोश्रो चरणको लाइट जडान हो। जसको बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरे। 

यसअघि ललितपुर महानगरपालिकाले ललितपुरका विभिन्न स्थानमा ६ सय ६९ वटा स्मार्ट लाइट जडान गरेको थियो। 

प्रकाशित मिति: : 2023-12-01 05:05:00

प्रतिकृया दिनुहोस्