बिएलकर्मी तेजन खड्का सम्मानित

किरात आठपहरिया समुदाय उर्लाबारी- ९ ईन्द्रेझोडाले वाडाङ्मेट पर्वको अवसरमा बिएलकर्मी तेजन खड्कालाई सम्मान गरेको छ।

पत्रकार खड्कालाई समाचारको माध्यमबाट दिनदुखी, असहाय र बिपन्नलाई सहयोग गरेको भन्दै सम्मान गरिएकाे हाे। पत्रकार खड्कालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले सम्मान पत्र प्रदान गरे।

सम्मानपत्र ग्रहण गर्दै पत्रकार खड्काले अझैं सामाजिक उत्तरदायित्व बढेको बताए।

सो कार्यक्रममा संस्थालाई उचाइमा पुर्‍याउन महत्वपूर्ण सहयोग गरेको भन्दै उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तान, युवा समाजसेजी तथा अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु, उर्लाबारी वडा नम्बर ९ का वडा सदस्य गणेश किम्दाङ र स्थानीय जनक राईलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2023-12-12 13:37:00

प्रतिकृया दिनुहोस्