घाँस काट्न गएका सासू–बुहारी मृत फेला

बिएल संवाददाता

नवलपरासी पूर्व
सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

नवलपरासी पूर्वमा घाँस काट्न जंगल गएका सासू–बुहारी मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा विनयीत्रिवेणी गाउँपालिका– १ की ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार उनीहरु आइतबार गाउँ नजिकै खहरे जंगलमा घाँस काट्न गएका थिए। घाँस काटेर नर्फिएपछि खोजतलास गर्दा गएराति १० बजेतिर दुवै जनाको शव फेला परेको थियो। 

उनीहरुलाई बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपी अहिले शवलाई मध्यविन्दु अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: : 2023-12-25 08:39:00

प्रतिकृया दिनुहोस्