बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको बताएका छन्।
हेटौँडामा बिहीबार आयोजना गरिएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सङ्घीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे।
‘संविधानले दिएका तहगतका अधिकार पाउन बाँकी नै छन्, अहिले नै निराश हुनुपर्ने अवस्था छैन’, मुख्यमन्त्री जम्कट्टेलले भने।
सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ती र विकासको चेतना जागरण भएको उनको भनाइ छ।
तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण गर्न तथा कार्यान्वयनका लागि सातै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए।