अभिनेता दयाहाङ राईले बालकुमारीकाे घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।
दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर उनले यस्ताे बताएका हुन्।
उनले याे घटनालाई अझ उद्वेलित र आक्रोशित नबनाउन भन्दै सत्तापक्ष र प्रतिपक्ष दुबैले होस् पुर्याउन आग्रह गरेका छन्।
‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोस आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाउँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो। अझ उद्देलित र आक्रोशित नबनाऊ, सत्तापक्ष र प्रतिपक्ष दुबैले होस् पुर्याऊ !!!’, उनले सामाजिक सञ्जालमार्फल उल्लेख गरेका छन्।
कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले गरेकाे प्रदर्शनका क्रममा भएकाे झडपमा २ जनाले ज्यान गुमाएका थिए भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो।