हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशकाे सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।