भारतीय विदेशमन्त्री जयशङ्कर स्वदेश फिर्ता

भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने भ्रमण नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल आएका जयशङ्कर शुक्रबार मध्याह्न स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिदाई गरे।

विदेशमन्त्री डा जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेतासँग भेट गरेका थिए। 

प्रकाशित मिति: : 2024-01-05 12:49:00

प्रतिकृया दिनुहोस्