सप्तरीको कञ्चनरुप नगरपालिका– १२ रुपनगरस्थित रुपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना गरिने भएको छ।
हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’मार्फत् पुस्तकालय स्थापना हुने लागेको हो।
जसका लागि झण्डै १३ लाख रूपैयाँ सहयोग प्राप्त भएको क्याम्पस प्रमुख दीपककुमार गजुरेलले जानकारी दिए।
पुस्तकालयमा इ–पुस्तकसँगै विभिन्न विषयका पुस्तक राखिने छ। पुस्तकालयको सदस्य बनेपछि पुस्तक घर लगेर पढ्न पाइने तर सदस्य नबनेकाले पुस्तकालयमा मात्र पढ्न पाउनेछन्।
अहिले पुस्तकालय निर्माणको काम भइरहेको र आउने नव वर्षका दिनमा उद्घाटन गर्ने तयारी भइरहेको क्याम्पस सञ्चालक समिति सदस्य हेम प्रसाद अधिकारीले बताए।