तनहुँको भिमादमा जिप दुर्घटना, १२ जना घाइते

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

तनहुँको भिमादमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

पोखराबाट पाल्पा जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप बुधबार बिहान भिमाद नगरपालिका-५ मा दुर्घटना भएको हाे।

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालकसहित १२ जनालाई उद्धार गरेर अस्पताल लगिएकाे छ। 

प्रकाशित मिति: : 2024-01-10 11:20:00

प्रतिकृया दिनुहोस्