सुनसरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बिएल संवाददाता

इनरुवा (सुनसरी)
Symbolic photo
Symbolic photo

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो। जङ्गलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

प्रकाशित मिति: : 2024-01-11 17:46:00

प्रतिकृया दिनुहोस्