संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक

लाेकदोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ। गीत संगम लामिछानेकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।

बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको यस गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ।

गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने चर्चित अञ्जली अधिकारी र विमल अधिकारीलगायत कलाकारकाे अभिनय रहेकाे छ।

भिडियाे :

प्रकाशित मिति: : 2024-01-20 20:27:00

प्रतिकृया दिनुहोस्