मध्यरातमा घरमै गएर महिलालाई जबर्जस्तीकरणी गर्ने व्यक्ति पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

मध्यरातमा महिलाकाे घरमा गएर जबर्जस्तीकरणी गर्न खाेज्ने सल्यानका दार्मा गाउँपालिका वडा नं. ४ का २९ वर्षीय विक्रम थापालाई प्रहरीले पक्राउ गरेकाे छ।

वैदेशिक राेजगारीमा ठगी गरेका व्यक्तिकाे खाेजी कार्य गर्ने क्रममा माेबाइल हेर्ने क्रममा थापा शुक्रबार काठमाडाैँकाे मित्रनगरबाट पक्राउ परेका हुन्।

उनले गत पुस १७ गते राति १२ बजे महिलालाई जबर्जस्तीकरणीकाे प्रयास गरेकाे भन्दै प्रहरीमा उजुरी परेकाे थियाे।

वैदेशिक राेजगारीसम्बन्धी ठगीकाे घटनालाई अनुसन्धान गर्ने क्रममा माेबाइल जाँच्दा उनी जबर्जस्ती करणी गरेर भागेका व्यक्ति भएकाे पुष्टि प्रहरीले गरेकाे थियाे।

प्रक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानलाई बुझाइएकाे काठमाडाैँ उपत्यका अनुसन्धान कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-01-22 16:27:00

प्रतिकृया दिनुहोस्