मेराे नामकाे खातामा पैसा जम्मा भएकाे छैन, यदि छ भने कान्तिपुरले लगाेस्- रवि लामिछाने (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नाे नामकाे बैंक खातामा कुनै पनि रकम जम्मा नभएकाे बताएका छन्।

गाेर्खा मिडियामार्फत् सहकारीकाे १ कराेड ८० लाख रकम हिनामिना गरेकाे आराेपसहित समाचार सार्वजनिक भएपछि लामिछानेले साेमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नाे खातामा पैसा जम्मा नभएकाे बताएका हुन्।

‘पत्रिकाले भनेकाे जस्ताे मेराे नाम्ममा रकम जम्मा भएकाेा छैन,’ रविले भने, ‘यदि मेराे बैंक खातामा पैसा जम्मा भएकाे छ भने मेराे समाचार लेख्ने पत्रिका कान्तिपुरले त्याे पैसा लगाेस्।’

उनले आफूमाथि आराेप लागेपछि बैंकमा गएर यसबारे बुझेकाे र बुझ्दा आफ्नाे खातामा नआएकाे पाइएकाे बताए।

भिडियाे:

प्रकाशित मिति: : 2024-01-22 17:05:00

प्रतिकृया दिनुहोस्