किन बाहिरी नेताहरुले कान तान्ने गर्छन् हाम्रा कार्यकारी प्रमुखको?

देशसञ्चार

काठमाडौं

वर्तमान संविधान र व्यवस्थाको जग हल्लिएको र त्यसको पतन निकट देखिँदा व्यवस्था पक्षधर र तिनका बाह्य अभिभावक शक्तिहरु आ-आफ्ना हिसाबले वैकल्पिक सम्भावनाको खोजी तथा चिन्तनमा लागेका छन्।

संविधान र व्यवस्था गए पनि त्यसका मौलिक भनिएका तीनवटा खुट्टा धर्म निरपेक्षता, गणतन्त्र र दाताहरुको समर्थनमा ‘जीवित’ संघीयता नै बोकेर विकल्पको खोजीमा जानुपर्छ भन्ने एउटा समूह छ भने अर्को समूह यी तीनैवटै ‘आयातीत’ एजेन्डाको घाँटी जोडिएको छ र एउटाको बिदाइमा अर्को टिक्दैन भन्ने मान्यता राख्छन्।

तर, खासगरी भारतीय हिन्दुत्व र भारतीय राष्ट्रवाद नेपालमा त्यतिकै सान्दर्भिक छ जति भारतमा भन्ने मान्यता राख्ने एउटा जमात अहिले ‘हिन्दु गणतन्त्र’ को अभियानमा जुटेको छ। अर्थात नेपालको भावी संविधानमा धर्म निरपेक्षताको साटो ‘हिन्दु’ शब्द उल्लेख भएमा गणतन्त्र र संघीयता उसलाई स्वीकार्य छ।

अर्को, ‘हिन्दु गणतन्त्र’ भएमा नेपालको ‘सांस्कृतिक राष्ट्रवाद’ को राजधानी पनि नागपुर नै हुन्छ भन्ने मान्यता यो समूह राख्दछ। राजनीति र मुलुकको सांस्कृतिक पहिचान आफ्नो नियन्त्रणमा आएमा नेपालमा आफ्नो वर्चस्व सदाका लागि स्थापित हुने उनीहरुको विश्वास छ। राजसंस्था देशभक्त संस्था हुने भएकाले हिन्दू गणतन्त्रको कार्ड उसले अघि सारेको हो।

प्रकाशित मिति: : 2024-01-26 19:29:00

प्रतिकृया दिनुहोस्