बाँकेको सिक्टा नजिकै गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ। यद्यपि गायिका रिमाललाई केही भएको छैन।
रिमालसहित दाङका पत्रकार शिबु खनाललगायत सवार बा १६ च ८३४३ नम्बको स्कारपियोलाई प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकले स्कारपियाेलाई ठक्कर दिँदा पत्रकार खनाललाई भने सामान्य चोट लागेको छ। अन्यलाई केही भएको छैन। स्कारपियाेमा सामान्य क्षेति पुगेको छ।
रिमाल नेपालगञ्जबाट दाङकाे लमहीमा आयाेजित महोत्सवमा आउँदै थिइन्। आज उनले सांगेतिक प्रस्तुति दिने भनिएको थियो।
दुर्घटनापछि रिमाको सांगेतिक प्रस्तुति भाेली साेमबार मात्र रहने भएको छ।
रिमालले स्टाटसमा लेखेकी छिन्, ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो। गाडीमा केही क्षति पुगेको छ। यात्रुहरु हामी सबै सकुशल छौँ। साथै आज लमही महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु। आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु।’
पत्रकार खनालले पनि दुर्घटनाबारे जानकारी गराउँदै फेसबुकमा स्टाटस् लेखेका छन्।
पत्रकार खनालले लेखेको स्टाटस्