राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका जर्मनीको फेडरिक इवर्ट इस्टिफटुङ (एफईएस) का अध्यक्ष डा मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवनमा बुधबार अपराह्न भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको बताए।
राष्ट्रपतिले काठमाडौँस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।