भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आइपुग्दा यो विषय निकै रहस्यमय बन्दै गएको छ।

उनको इन्स्ट्रागममा उल्लेख भएअनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ। मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो।

तर, यो समाचार बाहिरिएसँगै पुनमको मृत्युलाई लिएर थप अन्यौँल र रहस्यहरु बाहिर आउन थालेका छन। र, उनको मृत्युको खबर थप जटिल बन्दै गएको भारतीय मिडियाहरुले जनाएका छन।

हिजो बिहान ११ बजे पुनको मृत्युको खबर आएलगत्तै भारतीय सञ्चारमाध्यमले पुनमका नजिकका साथी नितिन मिरानीसँग कुरा गरेका थिए। उनले भनेका छन कि, ‘मलाई यसबारे कुनै जानकारी छैन। बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन। उनका ड्राइभरले दुई दिनअघिसम्म म्याडम ठिक रहेको बताएका थिए। र, उनी सुटिङमा व्यस्त थिइन्। दिदीको फोन पनि अफ छ। के भयो बुझ्न सकिन। उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ।’

हिजो दिउँसो १२ आफूलाई पुनमको म्यानेजर भनिने निकिता शर्माले प्रेस नोट जारी गरिन्। यस प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरका कारण पुनम अब यो संसारमा रहिनन भनी उल्लेख गरिएको छ। यो प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरलाई हल्का रुपमा लिनुहुँदैन भन्ने पनि लेखिएको थियो। यो प्रेस नोटमा फोन नम्बर पनि लेखिएको थियो। त्यो नम्बरमा फोन गर्दा त्यो फोन नक्कली भएको पुष्टी भइसकेको छ। सो फोन उठाउने व्यक्ति पश्चिम बंगालका हुन् र उनको पुनम पाण्डेसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए। उनलाई बिहानैदेखि सयौं फोन गएका थिए, जहाँ उनले पुनमसँग चीनजान नै नभएको जनाइरहेको छन्।

प्रेस विज्ञप्तिपछि दैनिक भाष्करले पुनमको पिआर टोलीलाई सम्पर्क गरेको थियो तर उनले फोन उठाएनन। जवाफमा उनले यति मात्रै मेसेज पठाए कि जसमा लेखिएको थियो, ‘हामीले पूनमको मृत्युको खबर बिहानै उनको परिवारबाट पायौँ। हामीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन। अहिलेसम्म उनको शव कानपुरमा रहेको भनिएको छ।’

प्रकाशित मिति: : 2024-02-03 12:36:00

प्रतिकृया दिनुहोस्