संसारभरका गतिविधि देखाउने दृश्यहरू

अहिले संसारका केही भागमा अत्यधिक चिसाे छ भने केही भागमा गर्मी छ। कतै डढेलाे र आगलागीले जनजीवन प्रभावित भएकाे छ। कतै खडेरीले जमिन फाटेका छन्।

यसैगरी यही साता ग्रीसमा निजी विश्वविद्यालयहरू सञ्चालनको लागि बाटो खोल्ने योजनाबद्ध विधेयकविरुद्धमा प्रदर्शन भइरहेकाे छ।

यी र यस्तै घटनाहरुलाई समेटेर राेयटर्सका फाेटाे पत्रकारहरुले याे साताका दृश्यहरू क्यामेरामा कैद गरेका छन्।

प्रस्तत छ, संसारभर छरिएका राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेकामध्ये १५ उत्कृष्ट तस्बिरहरु:


१. मूल्य दबाब, कर र हरियो नियमको विरोधमा किसानहरूले गरेको विरोधको क्रममा थुप्रिएको पराल सफा गर्दै नगरपालिकाका कामदारहरू, फ्रान्सको पेरिसमा

२. कुहिरोले ढाकेका वित्तीय भवनहरू चीनको सांघाईमा

३ झरनामा शून्य तापक्रममा टुम्मो ध्यान प्रविधिको अभ्यास गर्दै एक व्यक्ति, कोरका अल्बानियामा

४. तातो हावाको लहरको समय चिसो पानीको फोहरामा भिज्दै एउटा कुकुर, चिलीको स्यान्टियागोमा

५. रुसको भाइबोर्ग सहरको सडकमा आफ्नो परिचित व्यक्तिले फोटो खिच्दै गर्दा पोज दिँदै एक व्यक्ति

६. फाउन्टेन अफ लायन्सलाई पशु अधिकारकर्मीहरूले विकृत गरेको दृश्य, इटलीको रोममा

७. वुल्फ मुन भनेर चिनिने पूर्णिमा पर्मेट, अल्बानियामा

८. निजी विश्वविद्यालयहरू सञ्चालनको लागि बाटो खोल्ने योजनाबद्ध विधेयकको विरुद्धमा प्रदर्शनको क्रममा अश्रु ग्यासको बीचमा दङ्गा प्रहरीसँग झडप गर्दै ग्रीस विश्वविद्यालयका विद्यार्थीहरू, ग्रीसको एथेन्समा

९. सेन्ट मार्क स्क्वायरमा भएको भेनिस कार्निभलमा विभिन्न मुखौटा लगाएका मान्छेहरु उत्सवमा भाग लिँदै, इटालीको भेनिसमा

१०. इबेरियन प्रायद्वीप १२ सय वर्षयताकै सबैभन्दा सुख्खा भएकोले साउ जलाशयमा फाटेको जमिनमा बसेको क्यानोको अगाडि आफ्ना कुकुरहरूसहितका बासिन्दाहरू हिँड्दै, स्पेनको सेन्ट रोमा डे साउमा

११. हनुमन्ते नदीको किनारमा महिना दिनसम्म चल्ने स्वस्थानी व्रतकथा पर्वमा भुइँमा लथालिङ्ग गरी पूजाअर्चना गर्दै भक्तजनहरु, नेपालको भक्तपुरमा

१२. सुख्खा, तातो र हावा चल्ने मौसमको बीचमा अग्निनियन्त्रकहरू उच्च सतर्कतामा रहँदा पनि प्रिन्गल खाडी नजिकै लागेको आगोको दृश्य, दक्षिण अफ्रिकाको पश्चिमी केपमा

१३. कोलम्बिया, साउथ क्यारोलिनाको स्टेट फेयरग्राउन्डमा साउथ क्यारोलिना राज्यको फर्स्ट इन नेशन डिनरमा टिप्पणी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेन

१४. मुथुर्वा बस्ती नजिकै तेल ब्यारेल र ज्वलनशील ड्रमको लागि प्रयोग गरिने व्यावसायिक डिपोमा लागेको आगो निभाउने प्रयास गर्दै अग्निनियन्त्रकहरू र स्वयंसेवकहरू केन्याको नैरोबीमा

१५. खान युनिसमा इजरायली भू-आक्रमणको क्रममा पृष्ठभूमिमा धुवाँ उड्ने क्रममा एउटी महिला झोलामा बसिरहेको बच्चालाई तान्दै, दक्षिणी गाजा पट्टीको रफाहमा

प्रकाशित मिति: : 2024-02-03 14:20:00

प्रतिकृया दिनुहोस्