प्रमोद खरेलको स्वरमा रहेको ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेकाे नयाँ गीत ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

आइतबार सार्वजनिक ‘मारेउ तिमीले’ गीतमा रमेश लुइटेलको शब्द रहेको छ, भने कम्पोज गायक तथा संगितकार सिडि विजय अधिकारीको रहेको छ।

गीतको म्युजिक भिडियोमा दीपेन्द्र राज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देखिएकाे छ।

नेपाली मेलोड्जिकै प्रस्तुति रहेको गीतको म्युजिक भिडियोमा मोडल दीपेन्द्र गिरीकै कन्सेप्ट तथा स्टोरी रहेको छ।

प्रकाशित मिति: : 2024-02-13 09:08:00

प्रतिकृया दिनुहोस्