‘प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना’

कलिलै उमेरमा गायन क्षेत्रमा जमेकी गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको शुभकामना दिएकी छन्।

गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना नामक झटारो हानेकी हुन्।

प्रेमी–प्रेमिकाहरूको ‘प्रेमल जोडी’लाई उनी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’

प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना गायिका अधिकारी लेख्छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना।’

प्रकाशित मिति: : 2024-02-14 12:53:00

प्रतिकृया दिनुहोस्