धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

राजधानी दैनिक

काठमाडाैँ

महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ । 

अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ । 

सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । आमसर्वसाधरणको चासो भने अर्थतन्त्र तङग्रिन्छ की लड्छ ? भन्नेमा छ ।

पोखरामा जारी ११औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार अर्थतन्त्र ः तङ्ग्रिन्छ की लड्छ ? यही विषयमा छलफल भयो । सरकोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दाबी पेश गरे ।  

प्रकाशित मिति: : 2024-02-16 16:29:00

प्रतिकृया दिनुहोस्