एक सर्तमा अडिएकाे अक्षय–ट्विंकलकाे विवाह 

तस्बिर–सामाजिक सञ्जाल
तस्बिर–सामाजिक सञ्जाल

बलिउड इन्डस्ट्रीमा त्यस्ता कयाैं कलाकारहरू छन्। जसकाे पहिलाे भेट फिल्मकाे सेटमा भएकाे थियाे र, त्यहीबाट विवाह पनि भयाे। 

ती जाेडीहरूमध्ये एक हुन्, अक्षय कुमार र ट्विंकल खन्ना।

उनीहरूको विवाह भएको कयाैं दशक बितिसकेकाे छ। तर उनीहरूकाे प्रेम सम्बन्ध कसरी सुरू भएकाे थियाे? त्याे कुरा सायदै थाह हाेला। 

अक्षय र ट्विंकल खन्नाको पहिलो भेट

अक्षय कुमार र ट्विंकल खन्नाको पहिलो भेट एउटा म्यागजिनको सुटिङका ​​क्रममा भएको थियो। सुटिङमा पुग्दा अक्षय पहिलो नजरमा ट्विंकलसँग प्रेममा परेका थिए। 

बिस्तारै उनीहरू दुबै एकअर्काको धेरै राम्रो साथी बने र केहि समयपछि अक्षय ट्विंकलसँग प्रेम प्रस्ताव राखेका थिए। अक्षयकाे प्रेमलाई स्वीकारर गर्दै उनीहरू एकअर्काेसँग डेटिङ गर्न थाले। दुबैले फिल्म इन्टरनेशनल खिलाडीमा सँगै काम गरे। त्यसपछि झनै नजिकिन थाले।  

डेटिङ गरेकाे कयाैं महिनापछि अक्षय कुमारले ट्विंकललाई विवाहको प्रस्ताव राखेका थिए। अक्षयकाे प्रस्तावपछि ट्विंकलले पनि उनीसँग एक सर्त राखेकी थिइन्। 

ट्विंकलले आफ्नो फिल्म ‘मेला’ बक्स अफिसमा हिट भए अक्षयसँग बिहे नगर्ने बताएकी थिइन् तर फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। त्यसपछि ट्विंकल अक्षयसँग विवाह गर्न तयार भइन्। 

तर  ट्विंकल खन्नाकी आमाले पनि अक्षयसँग एक सर्त राखेकी थिइन्। जुन कुरा ट्विंकलले कफी विथ करणको एक शाेमा बताएकी थिइन्। 

डिम्पल कपाडियालाई अक्षय कुमारको बारेमा नराम्राे बुझाइ रहेकाे उनले बताइन्। साेहीकारण डिम्पलले दुवैलाई विवाहअघि लिभ इन रिलेशनशिपमा बस्न भनेकी थिइन्।

डिम्पलले अक्षयलाई समलैंगिक ठानेकी थिइन्। साेहीकारण अक्षय र ट्विंकल एक वर्षसम्म लिभ इन रिलेशनशिपमा रहे। त्यसपछि दुवैले परिवारका सदस्यहरूको उपस्थितिमा सन् २००१ मा विवाह गरेका थिए। 

विवाहपछि फिल्म दुनियाँबाट टाढिइन्

अक्षय कुमारसँग विवाह गरेपछि सदाका लागि फिल्म क्षेत्रबाट टाढिइन्, ट्विंकल खन्ना। खासमा अक्षयले नै ट्विंकलसँग विवाहपछि फिल्ममा काम नगर्नका लागि सर्त राखेका थिए। 

अहिले अभिनेत्री लेखक र इन्टेरियर डिजाइनर हुन्। 

यसैबीच अक्षय र ट्विंकलका दुई सन्तान आरव र नितारा छन्। सन् २००२ मा आरव र २०१२ मा निताराको जन्म भएको थियो, दुवैजना प्रायः आफ्ना बच्चाहरूसँग तस्बिरमा देखापरिरहन्छन्। 

प्रकाशित मिति: : 2024-02-17 18:15:00

प्रतिकृया दिनुहोस्