उद्घाटनअघि कोटबाडाको सुनथराली विमानस्थलमा परीक्षण उडान

३८ वर्षपछि कालिकाेटको नरहरीनाथ गाउँपालिका-१ काेटबाडास्थित सुनथराली विमानस्थल उद्घाटन हुन लागेको छ। उद्घाटनअघि तारा एयरले सफल परीक्षण उडान गरेकाे छ।

साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घघाटन गर्ने उक्त विमानस्थलमा आइबार बिहान तारा एयरले परीक्षण उडान गरेकाे हाे।

उद्घाटन पूर्व सबै पक्षकाे अध्ययन स्वरुप तारा एयरकाे 9N-AKL विमानले परीक्षण उडान गरेकाे नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बाेहाेराले बताए।

उनका अनुसार परीक्षण उडान सफल भएकाे छ। साेमबार १० बजे प्रधानमन्त्रीद्वारा विमानस्थलकाे उद्घाटन हुने भएकाेले तयारीलाई तीव्र पारिएकाे छ।

साेमबार उद्घाटन कार्यक्रमको पूर्वतयारी स्वरुप परीक्षण उडान गर्न प्राविधिक टोलीसहित नेपालगन्जबाट तारा एयरको विमानले सुनथराली विमानस्थलमा परीक्षण उडान गरेकाे हो।

परीक्षण उडानका लागि आएकाे प्राविधिक टाेलीलाई नरहरिनाथ गाउँपालिकाको टोली र स्थानीयले स्वागत गरेका छन्।

प्रकाशित मिति: : 2024-02-25 12:38:00

प्रतिकृया दिनुहोस्