सर्लाहीस्थित पूर्व-पश्चिम हुलाकी सडकअन्तर्गत कौडेना गाउँपालिका-३ मा स्कार्पियो र माेटरसाइकल एकआपसमा ठाेक्किँदा दुईजना युवकको मृत्यु भएको छ।
सोमबार राति मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल एकआपसमा ठाेक्किँदा दुई युवकको मृत्यु भएको हाे।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको रहेको प्रहरीले जनाएकाे छ।
दुर्घटनामा घाइते दुवै जनालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवैजनाको शव पोष्टमारटमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।