पूर्वप्रधानमन्त्री खनाल र राजदूत सोङ्‌बीच शिष्टाचार भेट

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्‌बीच शिष्टाचार भेटघाट भएकाे छ।

विदेश विभाग प्रमुखसमेत रहेका खनाल र राजदूत सोङ्‌बीच मंगलबार बिहान खनाल निवास डल्लुमा भेट भएकाे हाे।  

भेटमा पार्टीका विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागि थिए। उनीहरूबीचकाे भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल भएकाे सचिवालयले जनाएकाे छ। 

प्रकाशित मिति: : 2024-02-27 11:27:00

प्रतिकृया दिनुहोस्