गठबन्धनमा कालो बादल मडारिएको हो ?

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो । स्थायी समिति बैठकमा सदस्यले उम्मेदवारी दिनुपर्ने सुझाव तथा दबाब नेतृत्वमाथि दिएका थिए ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हाम्रातर्फबाट पनि उम्मेदवारी दिने भन्ने निर्णय भएको छ ।’ राष्ट्रिय सभाको अध्यक्षमा सत्तारूढ गठबन्धनभित्रका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले समेत दाबी गर्दै आएका छन् ।

कांग्रेसबाट कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाललगायतका नेताको चर्चा अध्यक्षमा रहेको छ । सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको निर्वाचनपूर्व नै चर्चा चलेको थियो । यसमा माओवादीसमेत लचक रहेको बताइएको थियो ।

प्रकाशित मिति: : 2024-02-29 13:27:00

प्रतिकृया दिनुहोस्