सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ।
फेसबुक प्रयाेगकर्ताहरूले चलाइरहेका फेसबुक एकाउन्टहरू आफै लग आउट भइरहेका छन्। जबकि इन्स्टाग्रामका धेरै फिचरहरूले पनि काम गरिरहेका छैनन्।
डाउनडिटेक्टरका अनुसार नेपाली समयअनुसार राति ९ बजेदेखि मेटाको सेवा प्रभावित भएको हो। मोबाइल एप्सलगायत वेब सेवा पनि पहुँचयोग्य छैनन्। फेसबुक एपले पनि काम गरिरहेको छैन।
धेरै प्रयोगकर्ताका लागि इन्स्टाग्रामको कमेन्ट सेक्शनले काम गरिरहेको छैन, त्यसैले धेरै प्रयोगकर्ताले एप एक्सेस गर्न सकिरहेका छैनन्। फेसबुक र इन्स्टाग्रामको सेवा नेपालमा मात्र होइन, विश्वभरि नै बन्द छ।