११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँ महिला जेसीजले नारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
समाज र राष्ट्रका लागि विभिन्न क्षेत्रबाट ऐतिहासिक र साहसिक कार्यहरु गरेको भन्दै महिलाहरुलाई सम्मान गरेको अध्यक्ष स्तुती बुढाथोकीले जानकारी दिइन्।
अध्यक्ष बुढाथोकीका अनुसार सञ्चार क्षेत्रबाट दीपा दाहाल, खेलकुद क्षेत्रबाट अश्मिना कर्मचार्य, सुरक्षा क्षेत्रबाट मीनादेवि राई, यातायात क्षेत्रबाट हर्मिता श्रेष्ठ र स्वस्थ्य क्षेत्रबाट मनिशा सिंखडालाई सम्मान गरिएको छ।
सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले जेसीजले समाज विकासका लागि भूमिका खेल्दै आएको बताए।
समाजमा योगदान दिएका महिलाहरुलाई सम्मान गरेर काठमाडौँ महिला जेसीजले उदाहरणीय कार्य गरेको भन्दै अध्यक्ष पोख्रेलले अरु संघसंस्थाले पनि यो कार्यलाई निरन्तरता दिनुपर्ने बताए।
great