महिला सशक्तिकरणका लागि ‘राइड टू राइज’

अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा महिला सशक्तिकरणका लागि ‘राइड टु राइज’ सम्पन्न गरिएकाे छ।

नारी दिवसकाे अघिल्लाे दिन बिहीबार ललितपुरकाे इडिएन सानेपामा महिलाहरुले साइल चलाएर सशक्तिकरण र दिगाे पर्यटनबारे जनचेतना जगाएका थिए।

कार्यक्रममा लैङ्गिक समानताको वकालत गर्ने केही परुषहरुसहित विविध पृष्ठभूमि र पेशाहरुमा संलग्न एक सयभन्दा बढी महिलाकाे समावेशी सहभागिता थियाे। विविध गतिविधि र महिलाहरुकाे मिश्रित सहभागितासहित कार्यक्रम भव्य रुपमा सफल भएकाे संयाेजक निश्मा श्रेष्ठले बताइन्।

साइकल ग्रुप राइड, मेकानिकल वर्कसप, र्‍याली, ट्रेजर हन्ट, ट्र्याक एण्ड स्लो रेस प्रतियोगिता र नेपाली महिला माउन्टेन बाइकरहरूको प्रेरणादायी यात्रालाई देखाउने ‘मोक्ष’ नामक वृत्तचित्र स्क्रिनिङलगायत विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो।

कार्यक्रममार्फत रुढीवादी परम्परालाई चुनाैती दिँदै महिलालाई साइकलमा स्थान दिएर सामाजिक दृष्टिकाेणमा परिवर्तन ल्याउने प्रयास गरिएकाे संयाेजक श्रेष्ठले बताइन्।

कार्यक्रम पावर सिफ्ट नेपाल, स्किल एण्ड थ्रिल्स र साइकल सिटी नेटवर्क नेपालसँग मिलेर आयोजना गरिएकाे थियाे।

बडवाइजर, कालापत्थर, रसलान भोड्का, स्काई भोड्काद्वारा प्रायोजित कार्यक्रमलाई वर्ल्ड राइड, प्याङ्क बाइक, इआरएस्ट नेपालद्वारा समर्थन गरेका थिए।

प्रकाशित मिति: : 2024-03-09 19:47:00

प्रतिकृया दिनुहोस्