साताका पन्ध्र दृश्य

इस्लाम धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने रमजान पर्व जारी छ। यही हप्ताबाट सुरु भएकाे रमजान मनाइरहेका इस्लामहरुका दृश्यहरु जताजतै देख्न सकिन्छ।

९६औँ ओस्कार शोको क्रममा प्रस्तुत भएका अभिनेता जोन सीनाकाे नग्न तस्बिर यस साता चर्चामा रह्याे। यिनका अलवा राेयटर्सका फाेटाे पत्रकारहरुले यस साता थुप्रै तस्बिरहरु खिचेका छन्, जसमध्येका १५ तस्बिर यहाँ प्रस्तुत गरिएकाे छ:


उच्च ज्वारको समयमा समुद्रले घेरिएको मोन्ट सेन्ट-मिशेलको ड्रोन दृश्य फ्रान्सको नर्मन्डी पश्चिमी क्षेत्रमा।

जापानको टोकियोको माउन्ट ताकाओमा जापानी भाषामा हिवातारी मात्सुरी भनिने आगो निभाउने उत्सवमा एक बौद्ध-भिक्षु खाली खुट्टामा धुवाँ निस्किरहेको कोइलामाथि हिँड्दै। वार्षिक उत्सवमा एक हजारभन्दा बढी उपासकहरू बौद्ध-भिक्षुहरूसँग नाङ्गो खुट्टा हिँडेर वार्षिक उत्सवमा कोइलामाथि प्रार्थना गर्छन्।

हडसन नदीको किनारस्थित स्ट्याच्यु अफ लिबर्टीको छेउमा कन्कोर्ड सुपरसोनिक जेटलाई  इन्ट्रेपिड सी, एयर र स्पेस म्युजियममा फर्काउने क्रममा, न्युयोर्क अमेरिकामा।

भारी वर्षाको कारण आएको बाढीबाट एक व्यक्ति हिँड्दै, अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको बाहिरी भागमा रहेको एभेलानेडामा।

मुस्लिम पवित्र उपवास महिना रमजानको समयमा आफ्नो भत्किएको घरको भग्नावशेषमा उपवासपछि खाना खादै प्यालेस्टाइनीहरू दक्षिणी गाजा पट्टीको रफाहमा।

हिंसाका कारण आपतकालिन अवस्थामा रहेको हाइटीमा बन्दुकको गोली लागेर घाइते भएकी एक महिला पोर्ट-ओ-प्रिन्स, हाइटीमा।

जङ्गलमा लागेको आगोको बिचमा रहेका घरहरू जल्दा एक व्यक्ति प्रतिक्रिया दिँदै, चिलीको भल्पराइसोमा

डे पासीहोभ अर्थात् पशु उद्धार फार्मका संस्थापक एल्जियन वेन्डी एड्रियान्स (जहाँ जनावरहरूले अटिजम, डिप्रेसन, चिन्ता वा लागूपदार्थको समस्या भएका मानिसहरूलाई सहयोग गर्छन्,)। उक्त  फार्ममा रहेको ६ वर्षीया पोथी शुतुरमुर्ग ब्लुलाई अँगालो हाल्दै  बेल्जियमको कल्मथाउटमा।

रमजानको पवित्र महिनाको सुरुवातलाई देखाउने अर्धचन्द्राकार चन्द्रमा हेर्दै मुस्लिम धर्मालम्बीहरू दक्षिण अफ्रिकाको केप टाउनको सी प्वाइन्ट प्रोमेनेडमा।

‘पेराङ अपी’ अर्थात् दुष्ट तत्वहरूलाई सफा गर्ने र दुर्भाग्यबाट टाढा राख्ने विश्वास गरिएको आगोको युद्ध, न्यापी दिवसको अबसरमा हिन्दु उपासकहरू, बालिनी हिन्दु नयाँ वर्षको रूपमा मनाउने मौनताको दिन, मातरममा, लोम्बोक टापु, इन्डोनेसिया।

एल निनो-सम्बन्धित गर्मीको लहर र खडेरीले देशको ठुलो भागलाई असर गर्ने क्रममा तापक्रम बढ्दै जाँदा पुमुला पूर्वी टाउनशिपका बासिन्दाहरू इनारबाट पानी लिएर घर जाँदै जिम्बाब्वेको बुलावायोमा।

९६औँ एकेडेमी अवार्ड अर्थात् ओस्कार शोको क्रममा पोशाक डिजाइनको अवार्डको प्रस्तुतिको क्रममा स्टेजमा प्रदर्शन गर्दै, अभिनेता जोन सीना हलिउड अमेरिकामा।

९६औँ एकेडेमी अवार्डमा चलचित्रले उत्कृष्ट भिजुअल इफेक्टको लागि ओस्कार अवार्ड जितिसकेपछि चलचित्र ‘गोडजिला माइनस वन’को प्रवर्द्धन गर्न स्थापना गरिएको गड्जिलाको प्रतिमाको अगाडि फोटो खिच्दै सर्वसाधारणहरु जापानको टोकियोमा।

क्रुफ्ट्स डग शोको तेस्रो दिनमा आफ्नो भेडा कुकुरलाई ब्रश गर्दै कुकुर मालिक बेलायतको बर्मिंघममा।

अन्तर्राष्ट्रिय महिला दिवसको भोलिपल्ट, पाउलिस्टा एभिन्यूको शीर्ष केन्द्र शपिङ भवनको छतमा महिलाहरूले योग गर्दै गरेको ड्रोन दृश्य ब्राजिलको साओ पाउलोमा।

प्रकाशित मिति: : 2024-03-16 08:00:00

प्रतिकृया दिनुहोस्