पार्टीका पदाधिकारीहरू नै भ्रष्टाचारमा संलग्न भएकाे भन्दै माओवादी नेताले दिए राजीनामा

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले पार्टी परित्याग गरेका छन्।

पूर्वसांसदसमेत रहेका शर्माले बिहीबार पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएकाे, पार्टी गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण भएकाे उल्लेख गर्दै उनले यस्तो अवस्थामा पार्टीमा बसिरहन आफ्नाे नैतिकताले नदिएकाले राजीनामा दिएकाे बताएका छन्।

‘सम्मानित प्रधानमन्त्री प्रचण्डज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टीका प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी,  पार्टी नभएर गुटै गुटका महासङ्घ को रूपमा रूपान्तरण हुनु। १० बर्से जनयुद्धको दौरान आफैँले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेशविपरीत  विदेशी शक्तिको आड भरोसामा सरकारमा रहन कै लागि पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अँध्यारो दिशा तर्फ धकेले को महसुस गरेको छु’, उनले भनेका छन्, ‘यस्तो अवस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आज कै मितिबाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु।’

यस्ताे छ शर्माले राजीनामा पत्र

नेकपा (माओवादी केन्द्र)

विषय–राजीनामा 

३ वर्ष को भूमिगत जीवन र १५ वर्ष को खुल्ला (संसदीय) राजनीति मा आदरणीय अध्यक्ष क. प्रचण्ड सँग केन्द्रीय समिति मा रही काम गर्ने अवसर प्राप्त भयो । यो  अवधिमा वहाँ लगायतका नेताहरू सँग सहकार्य गर्दा  अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो । यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरू लाई  हार्दिक धन्यावाद दिन चाहन्छु ।

नेकपा माओवादी पार्टी को असल नीति र क्रान्तिकारी नेतृत्व कै कारण मैले सरकारी सेवा बाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरे। जनयुद्ध को दौरान आफू सौभाग्यवश पटक(पटक बाच्न सफल भए पनि आफ्नो परिवार को सदस्य ले शहादत प्राप्त गरे१ म निर्वाचित संविधान सभा पद माओवादी कै कारण  राजीनामा नै दिए । म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमानदारी पूर्वक देश र जनताको पक्षमा दुई दशक सम्म योगदान गर्ने अवसर प्राप्त गरे ।

 माओवादी पार्टी मा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकार बाट भइरहेको काम को समीक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभूति हुन्छ । माओवादी पार्टी ले  लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णय को अधिकार र पहिचान सहित को प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्ण समानुपातिक  समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्य को साथै रोजगारीको ग्यारेन्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन! महान् जनयुद्ध को समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्ड मा संलग्न भएको देखेर आत्म ग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिक ले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्ध लाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु ।

सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन ,समृद्धि र सामाजिक न्याय को कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरू बिभिन्न भ्रष्टाचार काण्ड मा संलग्न हुनु! माओवादी पार्टी,  पार्टी नभएर गुटै गुटका महासङ्घ को रूपमा रूपान्तरण हुनु !१० बर्से जनयुद्ध को दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत  विदेशी शक्तिको आड भरोसामा सरकारमा रहन कै लागि पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अँध्यारो दिशा तर्फ धकेले को महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आज कै मिति बाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पूर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु ।

२०८० चैत्र ८

प्रकाशित मिति: : 2024-03-21 11:06:00

प्रतिकृया दिनुहोस्