‘डिप्रेसन’बाट उदाएकी रतन राजपूत

Photo credit–telly chakkar
Photo credit–telly chakkar

भारतीय टिभीकी अभिनेत्र रतन राजुपूत ‘सन्तोषी माँ’ र ‘अगले जनम मोहे बिटिया ही किजो’ जस्तो सिरियलले चिनिएकी छिन्।

२०१८ सालमा क्यान्सरका कारण रतनका बुबाको मृत्यु भयो, त्यसपछि उनी डिप्रेसनकाे सिकार भइन्। त्यसपछि उनी अटोइम्यून डिसअर्डरसँग पनि संघर्ष गरिन्, जसले उनको आँखाको ज्योतिलाई असर गर्यो।

मुम्बईको गोरेगाउँ पश्चिममा रहेकी रतनले अभिनेत्री बन्ने सपना कहिल्यै देखेकी थिइनन्। तर उनले नसाेचेकाे कुरा नै भइदियाे।

जब उनी उद्योगमा आइन् त्यसपछि उनी कहिल्यै पछाडि फर्किइनन्। जस्तोसुकै परिस्थिती आएपनि उनी स्वंयले सामना गरिन्। निडरका साथ।

पटनामा जन्मिएकी रतनले अभिनेत्री बन्ने सपना देखेकी थिइनन्। 

तर उनी भन्छिन्, ‘अभिनेता बन्ने सपना देखेको थिइनँ। हो, मलाई ऐनाको अगाडि अभिनय गर्न र आफैंलाई हेर्न मन पर्थ्यो। जब म पटनाबाट दिल्ली गएँ, मलाई के गर्ने थाहा थिएन? म आफैंलाई खोज्न यहाँ आएकी थिएँ।’

दिल्ली छिरेपछि उनी श्रीराम भारतीय कला केन्द्रमा डान्सका लागि भर्ना भइन्।

नेशनल स्कूल अफ ड्रामामा भर्ना हुनसक्ने अवस्था थिएन उनीसँग। भर्नाका लागि नाटकको पृष्ठभूमि र विभिन्न १० वटा सर्टिफिकेट चाहिन्छ भन्ने थाहा थिएन।

अभिनय गर्ने मेन्टालिटी बनाएपछि उनले थिएटर हेर्न थाले। उनकाे पहिलाे नाटक कास्टिङ डाइरेक्टर मुकेश छाबडाको थियो, जो त्यतिबेला अभिनय गर्थे। नाटकबाट ने सुरू भएकाे थियाे उनकाे अभिनय यात्रा।

रतनकाे त्याे पहिलाे काम

उनले पहिलाेपटक दूरदर्शनको शो ‘कस्तो छ’ मा काम पाइन्। त्याे शाेमा उनले बहिनीको भूमिका निर्वाह गरेकी थिइन्। तर पहिलाेपटक अभिनय गर्दा उनी निकै डराएकी थिइन्।

उनले शाेमा काम गरेकाे कुरा घरमा पनि पुगिसकेकाे थियाे। शाेकाे पहिलाे एपिसाेड सबैले हेरे।  तर उनी कहीँ देखिइनन्। उनकाे मुख्य अभिनय पनि त थिएन नि पहिलाे एपिसाेडमै देखिनका लागि।

उनकाे शाेकाे पहिलाे एपिसाेड प्रशारण भएपछि परिवारले रतनलाई भने कि शोमा उसलाई देखिएन। त्यसपछि रतनले भनिन् कि उनी तेस्राे एपिसाेडबाट देखिनेछिन्।

त्यसपछि परिवारले उनकाे तेस्राे एपिसाेडकाे पर्खिन थाले। तर त्यहाँ पनि उनी पासिङ शटमा मात्र देखा परिन्। तर उनलाई सिरियलमा केही सेकेन्डकाे लागि देखेर पनि उनका पिता धेरै खुसी थिए।

पिताले भने, ‘रसाे तिमी धेरै राम्राे देखिएकी थियाैं।’ त्याे शाे–पछि उनले ‘राधा की बेतियाँ’ मा मुख्य भूमिका पाइन्। त्यसपछि उनले कहिल्यै पछि फर्किनु परेन।

शाेमा विस्तारै लीड राेलमा देखिदैं थिइन् उनी तर विस्तारै उद्याेगमा देखिन छाडिन्। तर उनले इन्डस्ट्री छाडेकी थिइनन्।

उनी भन्छिन्, ‘मैले जानाजानी ब्रेक लिएकी हाेइन। तर म हराएकाे भन्ने कुरामा सत्यता छैन।’ रतन काम गरेर अगाडि बढ्न चाहन्छिन्।

५ जनवरी २०१८ सालमा उनकाे बुबाकाे मृत्यु भयाे। उनका पिता क्यान्सर पीडित थिए। उनीहरूलाई डाक्टरले एक महिनाकाे समय दिएकाे थियाे। त्याे समय उनकाे लागि निकै पीडादायी थियाे।

रतनले पितालाई बचाउनका लागि कयाैं प्रयास गरिन्। पटनाबाट मुम्बई ल्याइन्। प्राकृतिक चिकित्साको सहयोगमा ३ महिनासम्म उनको हेरचाह गरिन्। तर काललाई राेक्न सकिएन।

‘यो सबै यति छिटो भइरहेको थियो कि मैले केही सोच्नै सकिनँ। म मेरो करिअर बनाउनमा यतिधेरै व्यस्त थिएँ कि बुबासँग धेरै समय बिताउन सकिनँ’, उनले सुनाइन्।

बुबाको मृत्युपछि उनकाे जीवन परिवर्तन भयो। उनकाे स्वास्थ्य बिग्रदै गयाे। उनी डिप्रेसनकाे सिकार भइन्। बुबा बितेर लिएकाे तनावले कहिले शरीर छाेयाे रतनलाई पत्तै भएन।

डिप्रेसनसँगै उनी अटो इम्युन डिसअर्डरको सिकार भइन्। जुन रोगको कुनै उपचार थिएन।

भलै, उनी कमजाेर भइसकेकी थिइन् तर उनमा आत्मविश्वास थियाे। आफ्नाे पूरा जीवन रतन त्यही राेगमा बिताउन चाहदिन थिइन्।

...त्यसपछि काममा फर्किइन्

विभिन्न राेगबाट मुक्त हुनका लागि उनले आफैंमा काम गर्न थालिन्। अनि यात्रा गरिन्। जसबाट उनले राहतकाे श्वास फेरिन्।

कयाैं प्रयास र  आयुर्वेदिक र होमियोप्याथिक उपचार गरेपछि उनी त्ये राेगहरूबाट मुक्त भइन्।

राेगबाट छुटकारा पाएपछि पुनः काममा फर्किएकी उनी आफूलाई जस्ताेसुकै क्यारेक्टरमा ढाल्न सक्छिन्। उनी १८ घण्टा त सुटिङमै व्यस्त हुन्छिन्।

तर कुन समय उनी कामकै कारण राेएकी पनि थिइन्। काम धरै समय गर्नुपथ्याे। निन्द्रा  राम्राेसँग पर्दैन थियाे। सुत्नका लागि उनले डाक्टरको सल्लाहमा निद्राको चक्की खान्थिन्।

‘सन्तोषी माँ’ को सुटिङमा पनि त्यही गल्ती दोहोर्‍याएँ। पटक–पटक सुटिङ भइरहेको थियो। जसका कारण मेरो तनाव धेरै बढ्यो। म टिभी गर्न चाहन्न भन्ने पटक्कै होइन। टिभी सधैं मेरो पहिलो प्रेम हुनेछ, तर यस पटक फर्केर आउँदा म मेरो पुरानो गल्ती दोहोर्‍याउने छैन। मैले क्यारेक्टरलाई कसरी अन र स्विच अफ गर्ने भनेर सिकेको छु। खराब समयमा सबैभन्दा धेरै साथ दिने साथी कुन हो?', उनले भने।

कलकारिताकाे क्षेत्रमा आफूलाई चिनाउन सफल भएकी उनले स्वयंवर पनि गरिन्। जसबाट उनले झनै चर्चा पाइन्।

तर उनकाे त्याे स्वयंवर पनि धेरै समय टिक्त सकेन। र, उनकाे इंगेजमेन्ट पनि टुट्याे। अहिले उनी एक्ली छन् तर खुसी छन्। –दैनिक भांस्कर 

प्रकाशित मिति: : 2024-03-25 20:42:00

प्रतिकृया दिनुहोस्