एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग वैशाखमा विवाह गर्ने

File Photo
File Photo

गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन्।

उनले अस्ट्रेलियामा बस्दै आएका विष्णुसँग आगामी वैशाख ५ गते विवाह गर्न लागेकी हुन्। उनले आफू विवाहको तयारीमा जुटेको बताएकी छन्।

विष्णु बागलुङका हुन् भने एलिना झापाकी हुन्। गत वर्ष सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकाे बेला उनीहरूकाे भेट भएकाे थियाे। साेही समयदेखि एलिना र विष्णु प्रेम सम्बन्धमा रहेको बताइन्छ। तर केही समयअघि उनीहरूकाे ब्रेकअपको हल्लासमेत चलेको थियो।

‘धाेकेबाज हाै तिमी’, ‘कट्टा हान्दिन्छु’ लगायतका गीत उनी चर्चित छिन्। 

प्रकाशित मिति: : 2024-03-25 17:26:00

प्रतिकृया दिनुहोस्