बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन्। 

नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख शर्माले आज साँझ पद तथा गोपनीयताको शपथ गराएका छन्।

 थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन्। उनले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए।

प्रकाशित मिति: : 2024-03-30 20:24:00

प्रतिकृया दिनुहोस्