रेशम चौधरी अस्पताल भर्ना

‘नाउपा’ भनेर चिनिने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अस्पताल भर्ना भएका छन्।

निर्वाचन आयोगद्वारा मान्यता प्राप्त नाउपा अध्यक्ष तथा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी र नाउपाको आन्तरिक विवाद एकपछि अर्को गरी छताछुल्ल हुँदै जाँदा उनी सोमबार दिउँसो अस्पताल भर्ना भएका हुन्।

नाउपाभित्रको बढ्दो विवाद र श्रीमती रञ्जिताको अटेरीका कारण आफूलाई प्रेसर थेग्न मुस्किल परेको संरक्षक चौधरीले बताएका छन्।

‘मलाई मेरी श्रीमती र मैले नै राजनीतिमा ल्याएका मेरै साथीभाइहरूले यतिबेला सबैतिरबाट तनाव दिइरहेका छन्। हेर्नोन्, अहिले म अस्पतालमा भर्ना भएको छु। मेरो प्रेसर ह्वात्तै बढेको छ, केही दिनदेखि भोकै छु। मलाई तनाव छ हजुर!,’ बिएल नेपाली सेवासँग उनले भने।

नाउपाको केन्द्रीय समिति बैठकमा गठबन्धन सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा कुटाकुटसमेत भएको थियो। सोही विवादलाई टेकेर संरक्षक चौधरीले श्रीमती रञ्जितानिकटका नेताहरूलाई ज्यान मार्नेसम्मको धम्की दिएको केन्द्रीय सदस्य रमेश विश्वकर्माले जनाएका छन्।

रेशम चाैधरीले ‘मार्ने धम्की’ दिएपछि त्रासमा नेता-कार्यकर्ता, छाेड्न थाले काठमाडाैँ

प्रकाशित मिति: : 2024-04-01 17:53:00

प्रतिकृया दिनुहोस्